सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेश बस्नेतले भने– राष्ट्रपतिको कदम अदालतले उल्टाउने भ्रम नपाल्नुस्

महेश बस्नेतले भने– राष्ट्रपतिको कदम अदालतले उल्टाउने भ्रम नपाल्नुस्

नेकपाका नेता महेश बस्नेतले पार्टीभित्र पूर्वमाओवादी नेताहरु गलगाँड र ट्युमर भइसकेको बताएका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

जनकपुरधाम- नेकपाका नेता महेश बस्नेतले पार्टीभित्र पूर्वमाओवादी नेताहरु गलगाँड र ट्युमर भइसकेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता बस्नेतले बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरणासन्न भएको अवस्थामा केपी ओलीले नै आईसीयूमा राखेर फेरि जीवित बनाएको दाबी गरे।

‘त्यो अहिले आएर हाम्रो लागि भुल सावित भइसकेको छ। यद्यपि ती साथीहरु पार्टीमा रहे या नरहे हामीलाई कुनै फरक पर्दैन,’ उनले भने, ‘ट्युमर वा गलगाँड फाल्दैमा शरीरको तौल घट्दैन, बरु झनै फाइदा हुन्छ।’ 

ओली समूह पुरानै चुनाव चिन्ह सूर्यका साथ चुनावमा जाने उनले बताए। उनी मन्तव्यका क्रममा सबैभन्दा बढी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालविरुद्ध आक्रामक देखिएका थिए। उनले दाहाल र नेपाललाई अप्रत्यक्ष रुपमा जोकरको संज्ञा दिँदै भने, ‘उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुुस–सुन्तली जस्तै भएको छ।’ 

बस्नेतले नेपाली कांग्रेसले देखावटी विरोध गरिरहेको आरोप लगाए।

उनले जसपातर्फ पनि इंगित गर्दै भने, ‘जसपाका साथीहरु कमरेड ओली मधेशमा अलोकप्रिय भनिरहेका छन्। यदि साँच्चै कमरेड ओली मधेशमा अलोकप्रिय छन् भने चुनावमा सहभागी हुन आग्रह गर्छौँ। चुनाव नहुने भ्रम नपाल्नुस्। चुुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले पल्टाउने भ्रम नपाल्नुस्।’

प्रकाशित: Dec 22, 2020| 11:48 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।