काठमाडौं– सत्तारुढ दल नेकपाको दाहाल–नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै पार्टीबाट निष्कासन गरेको छ।
बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी उक्त समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई आजकै मितिबाट लागू हुने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो।
ओलीलाई हटाउने प्रस्ताव बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले गरेका थिए।