सोमबार, भदौ २२, २०८३

दाहाल–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा ३१५ जना केन्द्रीय सदस्य भएको बताइएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा ३१५ जना केन्द्रीय सदस्य भएको बताइएको छ। 

आफ्नो र नेपाल समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै दाहालले ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर प्राप्त भएको बताएका हुन्। 

पार्टी फुटाएर वैधानिकता पाउन संविधानअनुसार केन्द्रीय कमिटी र संसदीय दलमा कम्तिमा ४० प्रतिशत मत हुनुपर्छ। नेकपामा ४४१ केन्द्रीय सदस्य छन्। 

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र प्रति घात भयो र गल्ती गरेको प्रयाश्चित गरे आफूहरू स्वागत गर्न तयार भएको पनि दाहालले बताए। 

उनले भने, ‘जनता र कार्यकर्ताको मन दुखाएँ भनेर उहाँले (ओलीले) मनन् गर्नुभयो भने हामी माफी दिन तयार छौं।’

प्रकाशित: Dec 22, 2020| 11:12 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।