सोमबार, भदौ २२, २०८३

न्यून गुणस्तरका औषधि फिर्ता गर्न विभागको निर्देशन 

औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बजारमा भेटिएपछि फिर्ता गर्न निर्देशन दिएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बजारमा भेटिएपछि फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले गरेको बजार अनुगमन तथा गुणस्तर परीक्षणका क्रममा गुणस्तरहिन पाइएकाले औषधि फिर्ता गर्न निर्देशन दिएको हो। 

नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको व्याच नं. टिएसि टु–०१५ को असिफिक्स (रेब्राजोल सोडियम) २० एमजीको ट्याबलेट गुणस्तरहीन भेटिएको हो। 

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोकी बजारबाटै फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ। औषधि फिर्ता गरी विवरण विभागलाई पेश गर्न विभागले आग्रह गरेको छ।

असिफिक्स ट्याब्लेटको प्रयोगले पेटको अल्सर तथा पेट फुल्दा प्रयोग गरिने चिकित्सकले जनाएका छन्। 
 

प्रकाशित: Dec 22, 2020| 10:52 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।