सोमबार, भदौ २२, २०८३

खतिवडा अमेरिकाको राजदूत नियुक्त

पूर्व अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राजदूत नियुक्त गरेकी छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं-  पूर्व अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राजदूत नियुक्त गरेकी छन्। 

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

गत असोज १५ मा सरकारले खतिवडालाई अमेरिकाको राष्ट्रपतिमा सिफारिस गरेको थियो। 

नेपाल राष्ट्र वैंकको अधिकृतबाट करिअर सुरू गरेका खतिवडा लाभको पदमा सबैभन्दा धेरै अवसर पाएकामध्ये पर्छन्।

उनी नेपाल राष्ट्रिय योजना आयोगको सदस्य, राष्ट्रबैको गभर्नर, योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्री समेत भैसकेका छन्।


 

प्रकाशित: Dec 22, 2020| 10:49 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।