सोमबार, भदौ २२, २०८३

दाहाल भन्छन्– गौतम र थापा हाम्रै समूहमा आउनुहुन्छ 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतम र नेता रामबहादुर थापा आफ्नो समूहमा आउने बताएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतम र नेता रामबहादुर थापा आफ्नो समूहमा आउने बताएका छन्। 

मंगलबार आफू र माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले आधिकारिक पार्टी आफ्नो समूहसँग भएकोले दुवैजनाले आफूलाई साथ दिने बताएका हुन्। 

केन्द्रीय कमिटीमा हुनुपर्ने सबै प्रावधान यो समूहसँग भएकोले दुवैजना वैधानिक पार्टीमा आउने दाहालले दाबी गरे। 

दाहालले गौतम र थापा दुवै आफूले विश्वास गरेको नेता भएकोले आफ्नो समूहमा आउन आग्रह पनि गरेका छन्। 


 

प्रकाशित: Dec 22, 2020| 10:40 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।