धनगढी– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका कार्यकर्ताले धनगढीस्थित पार्टी कार्यालयमा ताला लगाएका छन्।
प्रधानमन्त्री केपी ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको तालामाथि दाहाल–नेपाल समूहले मंगलबार अर्को ताला लगाएका हुन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा फुटेको औपचारिक घोषणा हुन मात्रै बाँकी छ।
फुटको लागि तयारी भएसँगै कार्यकर्ताबीच विवाद बढेको छ।
