सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा हाजिर लाउँदा–लाउँदा प्रचण्ड हैरान हुनुभो : नेपाल

बालुवाटारमा हाजिर लाउँदा–लाउँदा प्रचण्ड हैरान हुनुभो : नेपाल

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी दुवै पार्टी विघटन भइसकेकाले अब ब्युँतिन नसक्ने दाबी गरेका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी दुवै पार्टी विघटन भइसकेकाले अब ब्युँतिन नसक्ने दाबी गरेका छन्।

नेकपा दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई एक नम्बरको अध्यक्ष भनेर दाबी गर्ने गरे पनि त्यस्तो नभएको बताए। 

अध्यक्ष ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सधैं पेल्न खोजेको गुनासो उनले गरे। ‘सचिवालयको बैठक राख्न पनि हामीले धेरै पापड बेल्नुपरो। कार्यकारी अध्यक्षले सधैं बालुवाटारमा हाजिरी लगाउनुुपरो। बैठकका लागि पनि ओलीले अनेक सर्त तेर्स्याउनुभो। के एजेन्डा राख्ने मात्र हैन, के निर्णय गर्ने भनेर पहिले नै यकिन भएपछि मात्र बैठक बस्न सक्छ भन्नुभो,’ नेपालले भने। 
बैठकमा आफूलाई तेजोबध गर्ने र कारबाही हुने डरले ओली सहभागी हुन नमानेको नेपालको भनाइ थियो। 

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी छ। बैठकले नेपाललाई पार्टी अध्यक्ष घोषणा गर्ने बताइएको छ। 
 

प्रकाशित: Dec 22, 2020| 08:52 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।