काठमाडौं– केपी शर्मा ओली पक्षको नेकपाले मंगलबार सातै प्रदेशमा भेला डाकेको छ।
बालुवाटारमा सोमबार सम्पन्न नेकपाको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले भेला आयोजना गर्ने निर्णय गरेको हो।
भेला दिउँसो १ बजे भेला डाकिएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए।
भेलामा पार्टीको अलग्गै केन्द्रीय कमिटी डाक्नुको औचित्यबारे आमजनता र कार्यकर्तालाई जानकारी दिने तयारी ओली समूहको छ।
बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २ गते गर्ने निर्णय गरेको छ। यसका लागि ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको केन्द्रीय सदस्य सूर्य थापाले बताए।
यसैगरी बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ भने प्रदीप ज्ञवालीलाई नप्रवक्ताको जिम्मेवारी तोकेको छ।
केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित भएको नवनियुक्त प्रवक्ता ज्ञवालीले जानकारी दिए।
महाधिवेशन आयोजक समितिको बैठक पुस ९ गतेका लागि तोकिएको छ।