सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता हुँदैन : प्रवक्ता ज्ञवाली

अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता हुँदैन : प्रवक्ता ज्ञवाली

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता नहुने ठहर गरेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता नहुने ठहर गरेको छ। 

ओली समूहको बालुवाटारमा बसेको बैठकले यस्तो ठहर गरको नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए। अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले अलग्गै बैठक राखेको छ।

अध्यक्ष र महासचिव तथा पार्टी बैठकको माइन्युट नेकपा ओली समूहसँगै छ। उता दाहाल– नेपाल समूहमा भने अध्यक्ष मात्र छन्। 

ज्ञवालीले भने, ‘यसको वैधानिकताबारे निर्वाचन आयोगले निर्णय गर्नेछ।’ ओली पक्षीय नेकपा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित: Dec 22, 2020| 07:44 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।