काठमाडौं– नेकपाका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीमा सदस्य थप गरी उनीहरुको शपथ ग्रहण गराएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको केन्द्रीय कमिटी बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेको केन्द्रीय सदस्य सूर्य थापाले जनाएका छन्।
उनका अनुसार ओलीले हिजै मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयन गरेका थिए। उक्त नामावली अनुमोदन गर्न ओलीले आजको बैठकमा प्रस्ताव गरेका थिए।
बैठकले ओलीको प्रस्ताव पारित गरेपछि उनीहरुलाई शपथ ग्रहण गराइएको हो।
५५६ जना थपिएपछि नेकपा केन्द्रीय सदस्यको संख्या ११ सय ९९ पुगेको थापाले जनाएका छन्। मौजुदा संख्या ४४७ मा ५५६ थप गरिएको र बाँकी १९६ पनि चाँडै मनोनित गरिने बताइएको छ।