सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीमाथि कारबाही प्रस्ताव गर्न दाहाल–नेपाल पक्षको स्थायी कमिटी बस्दै

ओलीमाथि कारबाही प्रस्ताव गर्न दाहाल–नेपाल पक्षको स्थायी कमिटी बस्दै

प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही प्रस्ताव पारित गर्न स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा केही बेरपछि बस्ने भएको छ।

दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक डाकेको हो।

प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही प्रस्ताव पारित गर्न स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। 

स्थायी कमिटीबाट पारित प्रस्ताव केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि लगिने गजुरेलले जानकारी दिए।

केन्द्रीय कमिटी बैठक १ बजे कार्की बैंक्वेटमै बोलाइएको छ।
 

प्रकाशित: Dec 22, 2020| 06:37 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।