सोमबार, भदौ २२, २०८३

ओलीका नजरमा दाहाल र नेपाल ‘पिलो’ सरी

पार्टी एकताका चरणमा ‘जेट विमानका दुई चालक’मध्ये एक भनिएका नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला ओलीका नजरमा ‘पिलो’ सावित भएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– पार्टी एकताका चरणमा ‘जेट विमानका दुई चालक’मध्ये एक भनिएका नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला ओलीका नजरमा ‘पिलो’ सावित भएका छन्। 

पार्टीमा छाएको वैमनस्यता र बढेको तिक्तताले ओलीका नजरमा दाहाल मात्र होइन वरिष्ठ नेता माधवकुमार नेपाललगायत आफू इतरका नेता पिलोजस्ता देखिन थालेका हुन्। 

पार्टीमा बढिरहेको विवाद समाधानमा सकस भएपछि संसद विघटन गरेर ‘व्यवस्था माथि नै आँच पुर्याएका’ ओलीपक्ष र दाहाल पक्षबीच यतिबेला विवादको चुली झन चुलिएको छ।

ओली र दाहालले पार्टीको केन्द्रीय कमिटी बैठक नै फरक फरक मात्र बोलाएका छैनन् एकले खर्कालाई कारवाही र पार्टी निस्कासनको तयारी पनि गरिसकेका छन्।

यही क्रममा सुरु भएको ओली पक्षीय केन्द्रीय कमिटी बैटकमा ओलीले दाहाल र नेपाललाई व्यङ्ग्य गर्दै ‘पिलो’को उपमा दिएका हुन्। 

उनले अग्रज गायक तथा सर्जक जीवन शर्माको गीतको अंश सापटी लिँदै केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै,‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भनेको कुरा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत  सार्वजनिक गरेका छन्। 

उनको यो अभिव्यक्तिले ओलीको नजरमा दाहाल र नेपाल समूह दुःख्ने पिलोको रुपमा रहेको र उनी जतिसक्दो चाँडो यसलाई निचोरेर हाइसन्चो हुने पक्षमा रहेको देखिएको छ। 

प्रकाशित: Dec 22, 2020| 06:20 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।