सोमबार, भदौ २२, २०८३

वामदेवको जबाफ : म अहिले कुनै बैठकमा सहभागी हुन्नँ

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू अहिले कुनै पक्षको भेला वा बैठकमा सहभागी नहुने बताएका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू अहिले कुनै पक्षको भेला वा बैठकमा सहभागी नहुने बताएका छन्।

साेमबार बिहान उनलाई भेट्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल– माधवकुमार नेपाल पक्षीय नेताहरूसँग उनले यस्तो जबाफ दिएका हुन्। 

नेताहरूले गौतमलाई दिउँसो डाकिएको नेकपा केन्द्रीय कमिटी बैठकमा सहभागी हुन अनुरोध गरेका थिए। 

‘हामीले आउनुहोस्, हामीलाई सहयोग गर्नुहोृस् भन्यौं तर उहाँले अहिले बैठकमा कुनै बैठकमा सहभागी नहुने जबाफ दिनुभयो’, बैठकमा सहभागी एक नेताले नेपाल समयसँग भने।

छलफलका लागि गौतम निवास भैंसेपाटीमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए। 

गौतमले ओली र दाहाल दुवैले बोलाएको केन्द्रीय कमिटीमा उपस्थित नहुने जनाएपछि नेताहरु उनलाई मनाउन निवासमै पुगेका हुन्। 
 

प्रकाशित: Dec 22, 2020| 06:01 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।