सुर्खेत– गए रातिदेखि कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध भएको छ। ३३ केभीए कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि सुर्खेत, सल्यानको दक्षिण भेग, दैलेख र जाजरकोटको विद्युत सेवा अवरुद्ध भएको हो।
छिन्चु नजिकै तोलिखोलामा तार चुडिएका कारण विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका ईन्जिनियर राजेश रञ्जितले जानकारी दिए।
विद्युत प्रसारणका लागि चुँडिएको तार मर्मतको काम भइरहेको छ। प्राविधिक टोलीले मर्मत गरिरहेका कारण दिउँसोसम्म विद्युत नियमित हुने ईन्जिनियर रञ्जितले जनाए।