काठमाडौं– जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
सरकारले कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकसँगै स्वास्थ्यमर्कीलाई जोखिम भत्ताको घोषणा गरे पनि आफूहरुले नपाएको भन्दै हातमा कालोपट्टी बाँधी आन्दोलनमा उत्रिएका हुन्।
कोभिड उपचार व्यवस्थापनमा अधिकांश आवासीय चिकित्सकको नाम छुटाएर जोखिम भत्ता नराखी तयार पारिएको सूचीप्रति असहमति रहेको एसोसिएसनको आरोप छ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जारी गरेको विज्ञप्तिमा आफूहरूको मागको तत्काल सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिइएको छ।
महामारीको जोखिममा पनि अस्पताल प्रशासनबाट उचित मूल्यांकन नभएको र नियमानुसार कोभिड जोखिम भत्ता उपलब्ध नभएको एसोसिएसनले जनाएको छ।