सोमबार, भदौ २२, २०८३

बालुवाटार र बबरमहल क्षेत्रमा कडा सुरक्षा व्यवस्था

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

संसद विघटनपछि सत्तारुढ दल नेकपामा थप चर्किएको विवादपछि राजनीतिक अवस्था झन जटिल बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो। 

विवादका बीच नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक डाकेका छन्। यतिबेला नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु हुने क्रममा छ भने दिउँसो १ बजे अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षीय केन्द्रीय कमिटीको बैठक बबरमहलमा सुरु हुने बताइएको छ। 

सत्तारुढ दलका दुई अध्यक्षबीचको राजनीतिक तिक्तता सतहमै आएपछि कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा अधिकारीहरुले बताएक छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी ओली पक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी गरेपछि अवस्था झन जटिल हुनसक्ने आंकलन गर्दै सुरक्षा सतर्कता बढाइएको हो।  

'अप्रिय घटना हुन नदिन' यतिबेला बालुवाटार र बबरमहल क्षेत्रमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

प्रकाशित: Dec 22, 2020| 05:16 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।