सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षले दाहाल–नेपाललाई कारवाहीको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलासा

ओली पक्षले दाहाल–नेपाललाई कारवाहीको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलासा

नेकपाकाका अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षलाई कारवाही गरेको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेकपाकाका अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षलाई कारवाही गरेको पत्र पुस १ मै निर्वाचन आयोगमा बुझाएको खुलेको छ। 

ओली समूहले निर्वाचन आयोगसँगको परामर्शपछि दाहाल र नेपाल पक्षलाई  पुस १ मै कारबाहीको पत्र आयोगलाई पठाएको एक आयुक्तले पुष्टि गरेका छन्।  

प्रधानमन्त्रीसँगको परामर्शमा पत्र दर्ता गराएपनि आयोगले कानुनअनुसार प्रक्रिया अघि बढाउने सुझाव दिएको र  त्यही अनुसार आयोगमा कारबाहीको पत्र आइपुगेको उनको भनाइ छ।  

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार त्यस कारबाहीले मान्यता पाउनका लागि ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर जरूरी हुन्छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी गरिरहेको बुझिएको छ। 

यही प्रक्रिया पूरा गर्नका लागि केन्द्रीय सदस्यको सूची तयार भइरकेको एक केन्द्रीय सदस्यले नेपाल समयलाई बताए।

कानुनी प्रक्रिया पूरा गर्नका बालुवाटारमा केन्द्रीय सदस्यको सूची तयार भइरहेको उनले बताए। 

प्रचण्ड–माधव नेपाल पक्षलाई कारबाही गरेपछि रिक्त स्थानमा नयाँ केन्द्रीय सदस्य थप गर्ने तयारी ओली समूहले गरेको छ।

प्रकाशित: Dec 22, 2020| 05:00 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।