सोमबार, भदौ २२, २०८३

नेकपाको ओली निकट केन्द्रीय कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपाको ओली निकट केन्द्रीय कमिटी बैठक बालुवाटरमा सुरु भएको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको ओली निकट  केन्द्रीय कमिटी बैठक बालुवाटरमा सुरु भएको छ। 

ओलीद्वारा संसद विघटनपछि नेकपा ‘करिब दुई फ्याक’ बनेको अवस्थामा ओली निकट केन्द्रीय कमिटी बैठक अहिले बालुवाटारमा सुरु भएको हो। ओली निकटको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कारबाही गर्ने बताइएको छ। 

त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आजै दिउँसो १ बजे बबरमहलस्थि एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक डाकेका छन्। प्रचण्ड निकट केन्द्रीय कमिटी बैठकले पनि ओलीलाई अनुशासनको कारवाही गर्ने बताइएको छ।  

दुई अध्यक्षको फरक फरक बैठक आह्वानलाई पार्टी विभाजनको औपचारिक बिन्दुका रुपमा राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।  

प्रकाशित: Dec 22, 2020| 04:08 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।