सोमबार, भदौ २२, २०८३

रामबहादुर थापालाई फकाउन दाहाल मन्त्री क्वाटरमा

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा केहि घण्टा दाहाल सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई फकाउन पुल्चोकस्थित उनको सरकारी निवासमा पुगेका छन् । 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं- पार्टी विभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहदासमेत कुनै पक्षमा नखुलेका  गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । 

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा केहि घण्टा दाहाल सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई फकाउन पुल्चोकस्थित उनको सरकारी निवासमा पुगेका छन् । 

भेटमा दाहालले प्रधानमन्त्री ओलीले गम्भीर गल्ती गरेकाले उक्त असंवैधानिक कदमलाई साथ नदिन आग्रह गरेका छन् ।

उनले जनमतको अपमान हुनेगरि गरिएको संसद् विघटनविरुद्ध एउटै मोर्चामा उभिएर सहकार्य गर्न समेत गृहमन्त्री थापासँग आग्रह गरेको स्रोतले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै यो असंवैधानिक कदम भएको आरोप लगाएर सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्। राजीनामा दिने सबै नेताहरु प्रचण्ड माधव नेपाल पक्षका हुन्। 

पूर्व माओवादी कोटाबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका छन्।

प्रकाशित: Dec 22, 2020| 03:34 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।