सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनपछि दलहरु सक्रिय, ४ दलको केन्द्रीय समिति बैठक आज 

संसद् विघटनपछि दलहरु सक्रिय, ४ दलको केन्द्रीय समिति बैठक आज 

संसद्मा प्रतिनिधित्व गर्ने चार दलको केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्दैछ ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं- करिब चुपचाप जस्तो अवस्थामा बसेका नेपालका राजनीतिक दलहरु संसद् विघटन भएसँगै एकाएक सक्रिय भएका छन् ।

आइतबारदेखि आन्तरिक छलफलमा जुटेका दलहरुले आज केन्द्रीय समितिको बैठक डाकेका छन् । 

संसद्मा प्रतिनिधित्व गर्ने चार दलको केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्दैछ ।

सत्तारुढ नेकपाको दुई पक्षले छुट्टा छुट्टै स्थान र समयमा केन्द्रीय कमिटीको बैठक डाकेको छ । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बस्ने गरी केन्द्रीय कमिटीको  बैठक डाकेका छन् । बालुवाटारमा बस्ने बैठकमा संसद् विघटनपछि उत्पन्न परिस्थिति र पार्टीका अर्का पक्षका नेताहरुमाथि कारबाहीका विषयमा छलफल हुने भएको छ । 

यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

बबरमहलको एक पार्टी प्यालेसमा बस्ने बैठकमा ओलीमाथि कारबाही गर्ने विषयमा छलफल केन्द्रीत हुने भएको छ । 

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि आजैका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संसद् विघटन र त्यसपछि  उत्पन्न परिस्थितिका विषयमा छलफल हुने भएको छ । कांग्रेसले संसद् विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरोध जनाउँदै आएको छ ।  

यस्तै संसद्मा प्रतिनिधित्व गर्ने तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपालले पनि आजैका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मध्यान्ह १२ बजेका लागि डाकिएको बैठकमा ओलीको कदमका विषया छलफल हुने भएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केन्द्रीय सम्पादन समितिको बैठक पनि आजै बस्दै छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने बैठकमा संसद् विघटन र त्यसपछि उत्पन्न परिस्थितिको समिक्षा हुने भएको छ। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद् भंग भएपछि दलहरु आफ्नो धारणा बनाउन सक्रिय भएका हुन् । 
 

प्रकाशित: Dec 22, 2020| 03:09 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।