सोमबार, भदौ २२, २०८३

पार्टी कार्यालय कब्जा गर्न तालाबन्दी 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्था पुगेसँगै जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने होड चलेको छ ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

लमजुङ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्था पुगेसँगै जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने होड चलेको छ ।  एकले अर्को पक्षलाई निषेध गर्ने र कार्यालयमा तालाबन्दी गरेर आफ्नो बनाउने होड चलेको हो । 

लमजुङमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली निकटका युवा संघका नेताहरुले जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनेका मधु अधिकारीलाई पार्टी कार्यालयबाट निकाल्नका लागि ओली निकटका युवा संघका सदस्यहरुले पार्टी कब्जाको प्रयास गरेका हुन् । 

ताला लगाएको पार्टी कार्यालय पूर्व एमालेको हो । हाल जिल्ला नेतृत्व भने साविक नेकपा माओवादी पक्षको छ। 

पार्टी विखण्डनको मुखमा पुगेको भन्दै युवा संघले अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाइएको हो।

काम गर्न नदिने र ताजा जनादेशलाई नस्विकार्नेहरुले पार्टी कार्यालयलाई प्रयोग गरेर षड्यन्त्र गर्न सक्ने भन्दै ताला लगाएको युवा संघ लमजुङका अध्यक्ष ऋषि बस्नेतले बताए।

अर्को निर्णय नभएसम्म ताला नखोल्ने उनको भनाइ छ । नेताहरुको षड्यन्त्र र जालझेल रोक्न ताला लगाउनु परेको उनको दाबी छ ।
 

प्रकाशित: Dec 22, 2020| 02:20 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।