सोमबार, भदौ २२, २०८३

कास्कीमा बालिका दुर्व्यवहारका घटनामा वृद्धि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीमा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

गण्डकी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीमा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। 

नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको हो। 

इन्सेकको अभिलेखअनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेका छन्। त्यस्तै तीन बालक यौन दुर्व्यवहारबाट पीडित बनेका छन्। 

गत वर्ष ६ बालिका पीडित बनेका थिए। सन् २०२० मा आठ महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ। 

कास्कीमा परिवारजनबाट एक र अन्यपक्षबाट एक गरी दुई जनाको हत्या, राज्यपक्षबाट गिरफ्तार तीन र जातीय विभेदको एक घटना घटेको इन्सेकको अभिलेखमा उल्लेख छ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईँले मानवअधिकार वर्ष पुस्तक द्वन्द्वकालीन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको बताए। 
– रासस 

प्रकाशित: Dec 22, 2020| 02:13 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।