काठमाडौं– आज (मंगलबार) सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटीका दुई बैठक बस्ने भएका छन्।
दुई अध्यक्षले केन्द्रीय कमिटीको फरक फरक बैठक बोलाएका हुन्। नेकपाका प्रथम अध्यक्ष ओलीले मंगलबार विहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
उनले बैठकमा आफैले गरेको संसद विघटनपछिको अवस्थाबारे छलफल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई अनुशासनको कारवाही गर्ने बताइएको छ।
त्यस्तै आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन्। उनले पार्टी अध्यक्ष ओलीको पछिल्लो असंवैधानिक कदमका विरुद्ध कडा निर्णय गर्नेदेखि ओलीलाई अनुशासनको कारबाहीको निर्णय गर्ने बुझिएको छ।
आजै प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले पनि केन्द्रीय समिति बैठक बोलाएका छन्। उनीहरुले सरकारले असंवैधानिक रुपमा चालेको संसद विघटनको कदमप्रति आन्दोलनको घोषणा गर्ने बताइएको छ।