सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएपछि धेरै देशले उडानमा रोक लगाए

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएपछि धेरै देशले उडानमा रोक लगाए

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) भेटिएपछि लकडाउन गरिएको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

एजेन्सी-  बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) भेटिएपछि लकडाउन गरिएको छ। 

कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण दर निकै बढी पाइएपछि बेलायतले देशभर कडा लकडाउन गरेको हो। त्यस्तै अन्य युरोपेली देश र भारतले समेत बेलायतबाट हुने उडानमा प्रतिवन्ध लगाएका छन्। 

बेलायतमा अतिआवश्यक बाहेकका पसल र कार्यालयहरु बन्द गरिएका छन्। २५ डिसेम्बरका दिन परिवारका सदस्यबीच हुने भेटघाट बाहेक क्रिसमसका बेला हुने सबै कार्यक्रमहरुमा रोक लगाइएको छ। 

भारतले २२ देखि ३१ डिसेम्बरसम्म बेलायतबाट हुने उडानमा प्रतिवन्ध लगाएको छ। त्यसअघि बेलायतबाट आउने सबै यात्रुको विमानस्थलमै पीसीआर जाँच अनिवार्य गरिएको छ। 

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानकोकले भनेका छन्, ‘स्थिति निकै गम्भीर छ, नयाँ स्ट्रेन तीब्र गतिमा फैलिरहेको हुँदा सबैले संयम कायम राख्नु पर्छ। संक्रमण रोक्नका लागि अहिले यहीमात्र उपाय हो।’

कोरोना भाइरसको नयाँ प्रकारले नियन्त्रणका कार्यलाई थप चुनौतीपूर्ण बनाएको पनि उनले बताएका छन्। 

भाइरसको यो नयाँ प्रकार ७० प्रतिशत बढी संक्रामक रहेको बताइएको छ। यद्यपि, स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको नयाँ प्रकार बढी संक्रामक भए पनि यो बढी घातक र खोपप्रति यसले बेग्लै प्रतिक्रिया देखाउने भने नपाइएको बताएका छन्। 

इम्पेरियल कलेज लन्दनका डाक्टर एरिक भोल्जले भनेका छन्, ‘अहिले सम्म यो कोरोनाको पूर्व स्वरुपभन्दा निकै बढी संक्रामक भएको पाइएको छ, त्यसबाहेक थप कुरा भन्नका लागि अझै अनुसन्धान जरुरी छ।’

यसैबीच बेलायतका मुख्य चिकित्सा अधिकारी प्राध्यापक क्रिस विट्टीले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको नयाँ स्वरुपबारे जानकारी गराइएको र थप अध्ययन भइरहेको बताएका छन्।
 

प्रकाशित: Dec 21, 2020| 13:07 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।