सोमबार, भदौ २२, २०८३

साउदी अरबमा अन्तर्राष्ट्रिय उडान स्थगन 

साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ।

नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्नेसमेत मन्त्रालयको सूचनामा उल्लेख छ।

यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ। 

यो आदेशको उल्लंघन गरेको पाइएमा साउदी रियाल १५ हजारसम्म जरिवाना गरिने जनाइएको छ।
रियादस्थित नेपाली दूतावासले सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्यसम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न त्यहाँ रहेका नेपालीमा अनुरोध गरेको छ। 

प्रकाशित: Dec 21, 2020| 13:03 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।