सोमबार, भदौ २२, २०८३

अहिले आकाशमा देखिँदै छ अद्भूत दृश्य

आज पृथ्वीबाट आकाशमा अद्भूत दृश्य देख्न पाइन्छ। सूर्यास्त भएपछि यस्तो दृश्य देख्न सकिने खगोलशास्त्रीहरुले बताएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- आज पृथ्वीबाट आकाशमा अद्भूत दृश्य देख्न पाइन्छ। सूर्यास्त भएपछि यस्तो दृश्य देख्न सकिने खगोलशास्त्रीहरुले बताएका छन्।

सयौँ वर्षपछि बृहस्पति र शनि ग्रह निकै नजिक हुँदैछन्। पृथ्वीबाट नाङ्गो आँखाले हेर्नेहरुले ती दुई ग्रह जोडिएको देख्न सक्नेछन्।

यो खगोलीय घटना १७ जुलाई १६२३ पछि आज भएको हो। यसपछि यस्तो दृश्य अब १५ मार्च २०८० मा देख्न सकिनेछ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्य मण्डलमा दुई ठूला ग्रह नजिक आउनु दुर्लभ घटना नभएको जनाएकाे छ।

बृहस्पति ग्रह आफ्नो नजिकको शनि ग्रहसँग हरेक २० वर्षमा नजिकै पुग्छ। तर यतिधेरै नजिक भने सर्यौँ वर्षपछि आएको हो।

नेपाल अस्ट्रानोमिकल सोसाइटीका अनुसार नेपालबाट साँझ सवा ५ बजेदेखि नै दक्षिणपश्चिमी आकाशमा यस्तो दृश्य देख्न सकिनेछ।

प्रकाशित: Dec 21, 2020| 12:32 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।