सोमबार, भदौ २२, २०८३

प्रमुख तीन दलले ओलीविरुद्ध संयुक्त प्रतिरोध गर्ने

प्रमुख तीन राजनीतिक दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाे सशक्त प्रतिराेध गर्ने भएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रमुख तीन राजनीतिक दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाे सशक्त प्रतिराेध गर्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच सोमबार कांग्रेस मुख्यालयमा बसेको बैठकले  स‌ंसद् विघटन घोषणालाई संविधानविरोधी, अलोकतान्त्रिक कदम ठहर गर्दै त्यसविरुद्ध संयुक्त रुपमा उत्रने निर्णय गरेको हो। 

विरोधका कार्यक्रम भने भोलि बस्ने तीनै पार्टीको केन्द्रीय समिति बैठकपछि तय गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए।

उनले भने, ‘तिनै पार्टी ओलीको कदमको विरुद्धमा छौं। अब यसको विरोधमा कसरी एकजुट भएर अघि बढ्ने भन्ने सन्दर्भमा भोलिको केन्द्रीय समितिको बैठकपछि निर्णय हुनेछ।’

कांग्रेस नेता रमेश लेखकले यस्ता असंवैधानिक कदमबाट कांग्रेसलाई कुनै फाइदा नहुने बताए। उनले पनि पार्टी ओलीको प्रतिरोधमा उत्रने बताए।

तीन दलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत थिए। 

यस्तै नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन, पम्फा भुसाल लगायत सहभागी थिए।

बैठकमा जसपाबाट शरदसिंह भण्डारी, जितेन्द्र सोनल सहगागी थिए।

प्रकाशित: Dec 21, 2020| 12:30 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।