विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन्।
होम आइसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ।
प्रदेश १ मा सोमबार ९४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ।
प्रदेश १ मा सोमबार ७५० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ४१ महिला र ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।