सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठक अविलम्ब बोलाउन दाहाल–नेपाल पक्षीय सांसदहरुको माग

संसद् बैठक अविलम्ब बोलाउन दाहाल–नेपाल पक्षीय सांसदहरुको माग

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षीय सांसदहरुको संसदीय दलको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष माग गरेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षीय सांसदहरुको संसदीय दलको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष माग गरेको छ।

आज (सोमबार) दिउँसो संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद विघटनलाई अस्वीकृत गर्दै संविधानबमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसद अधिवेशन अविलम्ब आह्वान गर्न माग गरेको हो।

बैठकले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्था विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चियको भूमरीतर्फ धकेल्ने गरी गरेको सिफारिस संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ कुनै संवेदनशील नरहेको भन्दै संसदीय दलको बैठकले विरोध गरेको छ। साथै संसद विघटनको कार्यलाई अस्वीकार गरेको छ।

बैठकले संविधान र लोकतन्त्रमाथि नै प्रहार भएको र देशको राजनीतिक भविष्य अनिश्चयतर्फ धकेलिएको भन्दै राष्ट्रिय हित, संविधान र लोकतन्त्रका पक्षधर सबैलाई प्रतिनिधिसभाको विघटनविरुद्ध एकजुट भई अघि बढ्न आह्वान गरेको छ।

प्रकाशित: Dec 21, 2020| 10:54 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।