काठमाडौं– फुटको संघारमा पुगेको नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक डाकेका छन्।
अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय कमिटी बैठक डाकेका छन्।
दाहाल–नेपाल समूहले बुधबार संसदीय दलको बैठक बोलाएको छ।