सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिलाई रोक्ने प्रयास गरेको थिएँ, सकिनँ : बामदेव

राष्ट्रपतिलाई रोक्ने प्रयास गरेको थिएँ, सकिनँ : बामदेव

नेकपाका उपाध्यक्ष बामदेव गौतमले संसद् विघटन र मध्यावधि निर्वाचनको सिफारिस रोक्न आफूले प्रयास गरेको बताएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपाका उपाध्यक्ष बामदेव गौतमले संसद् विघटन र मध्यावधि निर्वाचनको सिफारिस रोक्न आफूले प्रयास गरेको बताएका छन्। 

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधि निर्वाचनको सिफारिस गरेपछि राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको तर कुरा हुन नसकेको उनको भनाइ छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा हुन नसकेपछि आफूले उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत कुरा राखेको गौतमले बताएका छन्। ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिसबमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। उहाँले यसलाई एकपटक मन्त्रिपरिषदमै फर्काइदिन उपयुक्त हुन्छ। यसका निम्ति मेरो विनम्र अनुरोध छ,’ आफूले भनेको कुरा उद्धृत गर्दै गौतमले भनेका छन्। 

‘तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निश्कर्षमा पुगेँ। त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैरसंवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ। अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ। फेरि पनि पार्टी एकताको पक्षमा छु। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु,’ गौतमले आज सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

केपी ओलीले गरेको भेला होस् वा अरुले गरेको भेला, ती सबै पार्टी फुटाउनका निम्ति भइरहेको उनको भनाइ छ। ‘म फुटको साक्षी बस्न सक्दिनँ। म यो पार्टी एकीकरण गराउने मध्येको नेता हुँ। त्यसैले अहिले पनि एकताको पक्षमा म छु। संसद् भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु।’

प्रकाशित: Dec 21, 2020| 10:50 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।