सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धेरै प्रयास गर्दा पनि ओलीको छलछाम र जालझेल रोक्न सकिनँ : दाहाल 

धेरै प्रयास गर्दा पनि ओलीको छलछाम र जालझेल रोक्न सकिनँ : दाहाल 

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूले विघटन नगर्न निकै आग्रह गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूले विघटन नगर्न निकै आग्रह गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन्। 

दाहालले विघटित प्रतिनिधिसभाका नेकपा सांसदलाई सोमबार सम्बोधन गर्दै आफूले आइतबार साढे ५ बजे ओलीले अप्रिय निर्णय लिन लागेको जानकारी पाएपछि धेरै प्रयास गर्दा पनि ओलीलाई मनाउन नसकेको बताएका हुन्। 

उनले भने, ‘मैले बिहान साढे ५ बजे नै ओलीजीले अप्रिय निर्णय लिन लागेको थाहा पाएको थिएँ। त्यसपछि उहाँसँग फोनमा छलफल भयो। अप्रिय निर्णय नलिनुहोला भनेर सम्झाएँ। उहाँले भेटेर छलफल गरौंला भन्नुभयो।’

अध्यक्ष दाहालले क्याबिनेट चल्दै गर्दा एकजना मन्त्रीले एसएमएस गरी प्रधानमन्त्रीले संसद् विघटनको प्रस्ताव ल्याएको जानकारी दिएको बताए।

दाहालले ओलीले छलछाम र जालझेल गरी संसद् विघटन गराएकाले अब आफूहरू त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए। 

उनले संविधानमाथि प्रहार गर्ने ओली कार्यलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र यसलाई सच्याउन सक्दो पहल गर्ने बताए। 
 

प्रकाशित: Dec 21, 2020| 10:39 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।