काठमाडौं- जनता समाजवादी पार्टी जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
आज बसेको पार्टीको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए।
जसपाले विरोधका थप कार्यक्रम तय गर्न मंगलबार दिउँसो १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।