काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सोमबार गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग भेट गरी आफूलाई सघाउन आग्रह गरेका छन्।
केही बेरअघि मन्त्री निवास पुल्चोक पुगेर दाहालले गृहमन्त्री थापालाई यस्तो आग्रह गरेका हुन्। नेकपाका नौ सचिवालय सदस्यमध्ये थापा ओली वा दाहाल–नेपाल समूहमा खुलेर नलागेका नेता हुन्।
पूर्वमाओवादी नेता थापालाई धेरैले दाहाल निकट मान्दै आएका छन्। ओली सरकारका शक्तिशाली गृहमन्त्री थापा सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले डाकेको आफू निकटस्थ नेताहरूको भेलामा सहभागी भएका थिएनन्।
उनले मन्त्री निवासमै नेताहरू देव गुरुङ, पम्फा भुसाललगायतसँग छलफल गरेका छन्।
संसद् विघटन गर्ने ओलीको कदमबाट असन्तुष्ट सात मन्त्रीले राजीनामा दिए पनि थापाले भने राजीनामा दिएका छैनन्।