काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि उत्पन्न पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बतायो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'आज प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।'
बालुवाटारबाट दिउँसो ३ बजे हुने ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने थापाले जनाएका छन्।