सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मैले बोलाएको बैठकमात्र आधिकारिक हो, अरु सबै गुुटगत भेला हुन् : ओली

मैले बोलाएको बैठकमात्र आधिकारिक हो, अरु सबै गुुटगत भेला हुन् : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले नेकपाको पहिलो अध्यक्ष आफू भएकाले आफूले बोलाएको बैठकमात्र आधिकारिक हुने बताएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले नेकपाको पहिलो अध्यक्ष आफू भएकाले आफूले बोलाएको बैठकमात्र आधिकारिक हुने बताएका छन्। 

आफू निकट स्थायी कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई आफ्नो निवास बालुवाटारमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘मैले बोलाएको बैठकमात्र आधिकारिक हो, अरु त गुटगत भेलामात्र हुन्। त्यस्तो भेलाले गरेको निर्णय मान्य हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘हिजोको निर्णयको पनि औचित्य छैन। तथाकथित बैठकले तथाकथित कारबाही गर्नुको कुनै तुक छैन।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले विश्व चर्चित हास्य कलाकार चार्ली चाप्लिनलाई पनि माथ गर्न लागेको टिप्पणी ओलीले गरेका थिए।

‘अध्यक्षलाई पार्टी सदस्यबाट निकालेको घोषणा भोलि हुँदैछ। प्रचण्डले मलाई पार्टीबाट हटाएको भन्दा ठूलो नौटंकी के होला ?’ ओलीको भनाइ उद्धृत गर्दै थापाले भने।

हिजोमात्रै नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठक भोलि मंगलबारलाई बोलाइएको छ। 

प्रकाशित: Dec 21, 2020| 07:04 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।