सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘अध्यक्षलाई आरोप लगाएर त्यसलाई दस्तावेज बनाउने दुस्प्रयास गरियो’

‘अध्यक्षलाई आरोप लगाएर त्यसलाई दस्तावेज बनाउने दुस्प्रयास गरियो’

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनेक आरोप लगाएर त्यसलाई दस्ताबेज बनाउने दुस्प्रयास गरेको बताएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनेक आरोप लगाएर त्यसलाई दस्ताबेज बनाउने दुस्प्रयास गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको आजको बैठकमा उनले अध्यक्ष ओली हदैसम्म लचिलो बताए। ‘प्रधानमन्त्रीज्यू प्रचण्डको निवासमै गएर प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभो। आफूले पनि अध्यादेश फिर्ता लिने बचन दिनुभो। त्यति गर्दा पनि नमानेपछि बाध्य भएर यो कदम उठाउनुभएको हो। यो कदम स्वागतयोग्य छ। अब नयाँ जनादेश ल्याउँ,’ भट्टको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। 

बैठकको सुरुमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि पार्टी महासचिव विष्णु पौडेलले धारणा राखेका थिए भने त्यसपछि स्थायी कमिटी सदस्य भट्टले बोलेका थिए। 

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले देखेको सपना पार्टीकै अध्यक्ष र वरिष्ठ नेताले चकनाचुर पारिदिएको गुनासो गरेका थिए।

आफू निकट सांसद तथा नेताहरुलाई सम्बोधन गर्दै ओलीले बाध्य भएर आफूले संसद् विघटनको अप्रिय कदम चाल्नुपरेको बताएका थिए। ‘अहिलेको अवस्था आउनुमा प्रचण्ड र माधव नेपालकै दोष छ। न पार्टी एकता पूर्ण भयो, न सरकार राम्रोसँग चलाउन पाइयो। सरकारको काममा बाधा व्यवधान भइरह्यो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भनिन्। 

कुनै नियम–कानुन बिना प्रधानमन्त्रीलाई नै फाल्ने गरी अविश्वासको प्रस्ताव आएपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको ओलीले बताएका थिए।

‘घरै गएर आरोपपत्र फिर्ता लिन आग्रह गरेँ, कुनै हालतमा पनि फिर्ता लिन्न भनेपछि के गर्नु त रु संसद् विघटनछि पनि मिलेर जाउँ भन्दा पनि मान्नुभएन। केन्द्रीय कमिटी बैठकबाट मलाई कारबाही गर्ने भन्नुभा’छ। पार्टीको पहिलो अध्यक्ष मै हुँ। म त बैठकमा जान्न, तपाईंहरु नजानुस्,’ पार्टी फुट्ने नफुट्ने कुरामा केही भन्नुभएन,’ ओलीले भने।

विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई सम्बोधन गर्दै प्रम ओलीले देशव्यापी रुपमा चुनावी अभियान लिएर जान आग्रह गरेका छन्। ‘अब नयाँ जनादेश ल्याएर सरकार चलाउनुपर्र्छ। जनताले देखेको समृद्धिको सपना पूरा गर्नुपर्छ। देशभरि यो सन्देश लिएर तपाईंहरु चुनावमा होमिनुस्,’ ओलीले भने।  

प्रकाशित: Dec 21, 2020| 06:47 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।