शुक्रबार, असोज २, २०८३

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ। 

बैंकको सञ्चालक समिति बैठकले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर गरेर २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

बैंकको पुस २७ मा हुने २८औँ साधारणसभाले उक्त निर्णयलाई अनुमोदन गर्ने छ। त्यसपछि नेपाल राष्ट बैंकको स्वीकृत पश्चात लाभांश वितरण हुने छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी १५ अर्ब रुपैयाँ पुग्ने छ। हाल बैंकसँग १२ अर्ब रुपैयाँ चुक्तापूँजी छ। 

त्यस्तै बैंकले कोरोना रोकथाामको लागि ४ करोड ३४ लाख रुपैयाँ बजेट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको छ। यो रकम सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषसहित विभिन्न संघ संस्थालाई प्रदान गरिने बैंकले जनाएको छ। 

प्रकाशित: Dec 21, 2020| 06:10 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्