मंगलबार, भदौ २३, २०८३

एमाले ब्युँताउने तयारीमा ओली !

नेकपा स्थायी कमिटीले अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दल गठनको तयारीमा जुटेका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपा स्थायी कमिटीले अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दल गठनको तयारीमा जुटेका छन्। 

नेकपा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा कारबाहीको प्रस्ताव पुग्नुअघि नै अध्यादेश ल्याउने र पार्टी गठन गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

त्यसका लागि उनले आज (सोमबार) बिहान आफू निकटका सांसद र नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। 

भेलामा संसद् विघटनपछि पार्टीले ओलीमाथि गरेको कारबाही र नयाँ पार्टी गठनका विषयमा केन्द्रित भएको छ। 

यस्तै नेताहरुबीच नयाँ पार्टी गठन गरेर जाने कि गत भदौ ३ गते दर्ता भएको नेकपा एमालेमा प्रवेश गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

२०७७ भदौ ३ गते निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता भएको थियो। जसको अध्यक्ष मोरङकी सन्ध्या तिवारी हुन्। उक्त पार्टी ओलीको इसारामा दर्ता भएको आरोप लाग्दै आएको थियो। 

नेकपा सचिवालय बैठकमा प्रश्न उठेपछि ओलीले यसमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्टीकरण दिएका थिए। 

ओली निकट एक नेताले भने, ‘कारबाही सहेर र अपमान झेलेर अब यही पार्टीमा बसिरहन सक्ने अवस्था भएन, त्यसैले अर्को विकल्प खोज्न लागिएको हो।’  

आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकले ओलीको संसद् विघटको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश भएको निष्कर्ष निकाल्दै उनलाई अनुशासनको कारबाहीस्वरुप पार्टी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। 

ओलीले आइतबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दै जे नहुनु भै गो, अब मिलेर जाऊँ भन्ने प्रस्ताव गरेका थिए। 
तर, दाहालले ओलीलाई गलत कदमको  समर्थन गर्न नसकिने र असंवैधानिक कदमविरुद्ध डटेर लाग्ने बताएका थिए।

दाहालसँगको कुराकानीपछि थप अप्ठेरोमा पर्ने महसुस गरेका ओली पार्टी फुटाउने निष्कर्षमा पुगेको उनी निकट स्रोतले जनाएको छ। आवश्यक दल विभाजन गर्न सहज हुने अध्यादेशसमेत ल्याएर पनि उनी पार्टी फुटाउने तयारीमा रहेको स्रोतको भनाइ छ। 
 

प्रकाशित: Dec 21, 2020| 06:07 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।