मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको जनताविरोधी कार्यले पार्टी एकतालाई भत्काउन सक्दैन : दाहाल

ओलीको जनताविरोधी कार्यले पार्टी एकतालाई भत्काउन सक्दैन : दाहाल

दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपाको एकतालाई तात्त्विक असर नपर्ने बताएका हुन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीको देश र जनताविरोधी कार्यले पार्टी एकतालाई कुनै असर नगर्ने बताएका छन्। 

दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपाको एकतालाई तात्त्विक असर नपर्ने बताएका हुन्। 

दाहालले भनेका छन्, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यको निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्दछु।’

दाहालले प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् पश्चगामी कदमलाई स्थायी कमिटी बैठकले विरोध र अस्वीकार गरिसकेको पनि स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।'


प्रकाशित: Dec 21, 2020| 05:37 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।