मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली निकट सांसदहरुको भेला बालुवाटारमा, गृहमन्त्री थापा छुट्टै परामर्शमा

ओली निकट सांसदहरुको भेला बालुवाटारमा, गृहमन्त्री थापा छुट्टै परामर्शमा

प्रधानमन्त्री केपी ओली पक्षीय सांसदहरुको भेला बालुवाटारमा सुरु भएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओली पक्षीय सांसदहरुको भेला बालुवाटारमा सुरु भएको छ। ओलीले डाकेको भेलामा उनी निकटका विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरू सहभागी छन्।

ओलीले संसद् विघटनपछिको राजनीतिक अवस्था, मध्यावधि निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न नेताहरुलाई डाकेको बताइएको छ।

भेलामा गृहमन्त्री रामबहादुर थापा सहभागी छैनन्। उनी आफू पक्षीय नेताहरुसँगको छुट्टै परामर्शमा व्यस्त छन्।

थापाले मन्त्री निवास पुल्चोकमा पूर्वमाओवादी नेताहरु देव गुरुङ, पम्फा भुसाल, महेन्द्र दाहाल लगायतसँग परामर्शमा रहेको उनी निकट स्रोतले बतायो। आपूर्तिमन्त्री लेखराज भट्ट भने ओलीले बोलाएको भेलामा सहभागी छन्।

भेलामा स्थायी कमिटी सदस्यद्वय देव गुरुङ र पम्फा भुसाल, केन्द्रीय कमिटी सदस्यहरू हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यशाेदा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, श्रीराम ढकाल, माया प्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य, सुरेश आलेमगरलगायत नेताहरू सहभागी छन्।

प्रकाशित: Dec 21, 2020| 05:28 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।