मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभरको अधिकतम तापक्रम घट्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

देशभरको अधिकतम तापक्रम घट्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ । 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण लागेको बादलसँगै देशभरको अधिकतम तापक्रम घटेको छ। 

मौसमविद्हरुका अनुसार अधिकतम तापक्रम घट्दा जाडो बढ्ने गर्छ । न्यूनतम तापक्रम पनि घट्दो क्रममा रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ । 

यस्तै तराईका जिल्लाहरुको अधिकत तापक्रम पनि घटेको छ। बिराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको अधिकतम तापक्रम २० देखि २५ डिग्रीको बीचमा रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिइन् । 

उनका अनुसार अधिकतम र न्यूनतम तापक्रम अझै घट्ने छ । आकाश धुम्म रहेका कारणले अधिकतम तापक्रम बढ्न नसकेको जानकारी दिदै उनले भनिन्–डिसेम्बर महिनाभरी जाडो बढ्दै जानेछ । 

यस्तै आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

पौष ६ गते (सोमबार)

दिउँसो–  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति–  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)

दिउँसो– प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति– प्रदेश नं १ प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

 पौष ८ गते (बुधबार)

दिउँसो– देशभर आँशिकदेखि सामान्य बदली रहनेछ ।

राति– देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित: Dec 21, 2020| 02:49 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।