मंगलबार, भदौ २३, २०८३

प्रहरीले नष्ट गर्‍याे २७० बिघाको गाँजा खेति 

मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

मकवानपुर- मकवानपुरका विभिन्न स्थानमा लुकिछिपीरुपमा गरिएको अवैध लागुऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कामलाई प्रहरीले तीव्र गति दिएको छ । 

मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

शनिबारसम्म ५५ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरीले गत मङ्सिर महिनामा दुई स्थानमा गरी २२३ बिगाह गाँजा खेती नष्ट गरेको थियो । 

प्रहरीले मकवानपुरको बकैया गाउँपालिकाको विकट क्षेत्रमा लगाइएको १० बिगाह र राक्सिराङ गाउँपालिकामा लगाइएको २६० बिगाह गाँजा खेती नष्ट गरेको हो । 

लागुऔषध नियन्त्रण ब्यूरोसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा संयुक्तरुपमा खटिएको ८६ जनाको प्रहरी टोलीले  गत मङ्सिर २० देखि २४ गतेसम्म चार दिन लगाएर मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलाँसे, धुरकोट, माईसिराङ, स्वाँरा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटारलगायत विभिन्न स्थानमा गरी कूल २२० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती फँडानी गरी डढाएर नष्ट गरेको थियो । 

नायब उपरीक्षक रानाका अनुसार त्यसयता पनि गाँजा फँडानी जारी छ । इलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीसहितको प्रहरी टोलीले हाल गाँजा खेतीको खोजी गरी नष्ट गरिरहेको जनाइएको छ । 

प्रहरी टोलीले  गाँजासँगै अफिम खेतीसमेत नष्ट गरेको छ । शनिबार मकवानपुरको राक्सिराङ –३ र ४ को लावती, लाङती, आले, तर्सिकोटलगायत स्थानमा ३० बिगाह गाँजा खेतीसँगै पाँच बिगाह क्षेत्रमा लगाइएको लागुऔषध अफिम खेतीसमेत फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अवैधरुपमा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न प्रहरीले हरेक वर्ष गाँजा खेती फँडानी गर्ने काम गर्दै आएको भए पनि मकवानपुरको विकट क्षेत्रमा गाँजा खेती गर्ने क्रम रोकिएको छैन । 

पछिल्लो समय केही राजनीतिक दलका नेताहरुले स्थानीयवासीलाई गाँजा खेती गर्न हौसाएका थिए । 

मुख्यमन्त्री डोरमणि पौडेल सहभागी एक कार्यक्रममा केही नेताले गाँजा खेती गरेर आर्थिक स्थिति सुधार गर्न खुला आह्वान गरेपछि मुख्यमन्त्री पौडेलले त्यसको प्रतिवाद गर्दै गाँजा देशको कानूनअनुसार अवैध भएकाले त्यसको खेती गर्न नहौस्याउन आग्रह गरेका थिए । –रासस

प्रकाशित: Dec 21, 2020| 02:11 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।