मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने, केन्द्रीय कमिटीले अनुशासनको कारबाही गर्ने

प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने, केन्द्रीय कमिटीले अनुशासनको कारबाही गर्ने

सत्तारुढ दल नेकपाले प्रधानमन्त्रीले चालेको पछिल्लो कदमका विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाले प्रधानमन्त्रीले चालेको पछिल्लो कदमका विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ।

अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

त्यसैगरी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ। केन्द्रीय कमिटी बैठक यही पुस ७ गतेका लागि बोलाइएको छ। 

संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्रीको सिफारिसलाई सदर गरेर राष्ट्रपतिले गल्ती गरेको प्रवक्ता श्रेष्ठले बताए।

‘संविधानको रक्षक राष्ट्रपतिबाट असंवैधानिक कदम स्वीकार गर्नु आपत्तिजनक छ। यो कदम स्वीकार्य छैन। यसको हामी कानुनी उपचार खोज्छौं,’ उनले भने। 

प्रकाशित: Dec 20, 2020| 12:01 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।