विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् ।
होम आइसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ ।
प्रदेश १ मा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३३२ पुगेको छ ।
प्रदेश १ मा आइतबार २९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ४ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।