मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘ओली लोकतन्त्रका लागि लडेका होइनन्, बाली लगाएर खाने बेला भाग खोसेका हुन्’

‘ओली लोकतन्त्रका लागि लडेका होइनन्, बाली लगाएर खाने बेला भाग खोसेका हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध विराटनगरमा नेपाली कांग्रेस, नेकपा कार्यकर्ता र विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध विराटनगरमा नेपाली कांग्रेस, नेकपा कार्यकर्ता र विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेका छन्।

विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाए। उनले ओली लोकतन्त्रको झड्केलो बाबु भएको बताए।

नेता घिमिरेले भने, ‘केपी ओली संघीय लोकतन्त्रको झड्केलो बाबु हो।’ अरुले संघर्ष गरेर ल्याएको गण्तन्त्रको माया उनलाई नभएको घिमिरेको भनाइ छ। उनले भने, ‘हामी गणतन्त्रका लागि आन्दोलन गर्दा उनी बयलगाढा चडेर अमेरिका पुगिँदैन भन्थे।’ बाली लगाएर खाने बेलामा ओलीले भाग खोसेको नेता घिमिरेको आरोप छ। दुई तिहाई सरकारले केही गर्ला भन्ने आशा गरेका जनतामाथि नेकपा सरकारले कुठाराघात गरेको उनले बताए।

प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि बद्नाम भएको उनले बताए। राष्ट्रपति भण्डारीले पदको गरिमा कायम राख्न नसकेको उनले बताए।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले राष्ट्रपति भण्डारी पार्टीको कार्यकर्ता जस्तो भएको बताए। प्रधानमन्त्री ओलीले जे भन्यो त्यही मान्ने काम राष्ट्रपतिले गरेको लिम्बुले बताए।

उनले लोकतन्त्रवादीलाई सचेत रहन आग्रह गरे। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मतपत्रबाट जन्मेको तानाशाही नेकपाले सत्ता चलाउन नसकेको बताए।

५ वर्ष पनि सरकार चलाउन नसकेर नालायकीपन देखाएको उनको भनाइ छ। कार्कीले भने, ‘सरकारले जनतालाई कोरोनाको भ्याक्सिन दिने बेलामा इलेक्सन दियो।’ राष्ट्रपतिले गैर जिम्मेवारीपन देखाएको कार्कीले बताए। नेकपाको र्‍यालीमा अध्यक्ष प्रचण्ड– नेता नेपाल समूहका कार्यकर्ताको सहभागिताको रहेको थियो। 

ओलीविरुद्ध नेकपा कार्यकर्ता

नेकपा कार्यकर्ताले विराटनगर ट्राफिक चोकमा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन्। राष्ट्रिय युवा संघ र अनेरास्ववियु मोरङले निकालेको र्‍यालीमा ओली गणतन्त्र विरोध भएको विद्यार्थी नेता ओसिम आलमले बताए। प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सच्चिन उनको आग्रह छ। नेता आलमले ओली हिटलर बन्न खोजेको बताए। 

यस्तै प्रधानमन्त्री ओलीले संसद विगठन गर्ने निर्णयको विवेकशील साझा पार्टीले पनि विरोध गरेको छ। उसले विराटनगर ट्राफिक चोकमा प्रधानमन्त्री ओलीले गरेको कदमको विरोध जनाएको थियो। 

प्रकाशित: Dec 20, 2020| 11:30 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।