काठमाडौं– निर्वाचन आयोगले मध्यावधि निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको परामर्शमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो सुझाव दिएका हुन्। परामर्शमा आयोगका अन्य आयुक्त पनि थिए।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच निर्वाचन मितिका बारेमा परामर्श भएको जानकारी दिए।
उनले आयोगका तर्फबाट दुई चरणमा भन्दा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिइएको बताए।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र नेकपा नेता सुवास नेम्वाङ पनि सहभागी थिए।
सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुका साथै आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी छन्।