काठमाडौं– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने सहभागी छैनन्।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि आजमात्रै उनले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।