मंगलबार, भदौ २३, २०८३

ओलीलाई पार्टीबाट निष्कासन गर : युवा संघ धनुषा

नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन युवा संघ धनुषाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन माग गरेका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन युवा संघ धनुषाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन माग गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको कडा बिरोध गर्दै युवा संघका नेताहरुले उनलाई पार्टीबाटै निष्कासन गर्न माग गरेका हुन्। 

आइतबार जनकपुरको जनक चोकमा आयोजित बिरोधसभामा संयोजक सरोज यादवले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न माग गरे। उनले ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाए।

युवा संघका पूर्व केन्द्रीय सदस्य राजकुमार यादवले कम्युनिस्टलाई नै प्रधामन्त्री ओलीले बदनाम गरेको भन्दै कडा कारबाही गर्न माग गरे। उनले देशमा बढेको भ्रष्टाचार, लुटतन्त्र, अपराध सबैको कारक ओली नै रहेको भन्दै आक्रोश व्यक्त गरे। 

युवा संघ धनुषाले मोटरसाइकल र्‍याली निकालेर नगर परिक्रमा गर्दै जनक चोकमा बिरोध सभा गरेको थियो। सो सभामा युवा संघका नेता अनिल पासवान, दीपक पटेल लगायतका नेताहरुले ओलीको कदमको विरोध गरेका थिए।

प्रकाशित: Dec 20, 2020| 11:15 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।